विश्व कपका लागि नेपाली टोलीको घोषणा

काठमाडाैं | पुस २२, २०८२

विश्व कपका लागि नेपाली टोलीको घोषणा तस्बिर फाइल

काठमाडौं: भारत र श्रीलंकामा अर्को महिना सुरु हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।


नेपाल क्रिकेट संघ (क्यान) विश्वकपका लागि मंगलवार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेको छ।


बन्द प्रशिक्षणमा रहेका २४ बाट ९ खेलाडीले अन्तिम छनोटबाट बाहिरिएका छन्। उप कप्तान दिपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी,करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन्।


बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनाष बोहरा , प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् ।


दुई महिना अघि ओमानमा विश्व कप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल‌ अन्सारी विश्व कप टोलीमा अटेनन् । उनीहरुको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्।


गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका‌ उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुने ।


नेपालले यसपटक विश्व कपमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ। माघ २५ गते इंग्ल्याण्डसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। नेपाल समूह चरणका आफ्ना सबै खेल भारत मुम्बईको वाङखडे मैदानमा खेल्नेछ।


नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टि ट्वान्टी विश्व कप खेल्दैछ। तेस्रो पटक नै विश्वकप खेल्ने सोमपाल एक्लो नेपाली खेलाडी बन्नेछन्।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्